जिम्बाबेविरुद्ध जितको खोजीमा नेपाल
काठमाडाैं, वैशाख २४ : जिम्बाबे एविरुद्ध नेपालले आज दोस्रो एकदिवसीय खेल खेल्दै छ। तीन खेलको एकदिवसीय सिरिजको दोस्रो शनिबार बिहान ९ः३० बजे कीर्तिपुरस्थित...
काठमाडाैं, वैशाख २४ : जिम्बाबे एविरुद्ध नेपालले आज दोस्रो एकदिवसीय खेल खेल्दै छ। तीन खेलको एकदिवसीय सिरिजको दोस्रो शनिबार बिहान ९ः३० बजे कीर्तिपुरस्थित टियू मैदानमा सुरु हुने छ।
शुक्रबार भएको सिरिजको पहिलो खेलमा खराब ब्याटिङ गर्दै पराजित भएको नेपाल जिम्बाबे ए विरुद्ध जितको खोजीमा हुनेछ। पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो।
जिम्बाबे एविरुद्ध जित निकाल्न नेपालले ब्याटिङमा सुधार गर्नुपर्ने छ । यता, जिम्बाबे ए पनि लगतार दोस्रो जित निकाल्दै सिरिज जित्ने दाउमा छ।
यसअघि भएको तीन खेलको टि–२० सिरिज भने १–१को बराबरीमा सकिएको थियो ।
नेपालले विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एदिवसीय सिरिजको तयारीका लागि जिम्बाबे एसँग सिरिज खेलेको हो।
प्रकाशित मिति: ०८:०४ बजे, शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1739010447.jpg)



-1739010447.jpg)






