प्रधानमन्त्री देउवा तनहुँ जाँदै
काठमाडौं, वैशाख २४ : नेपाली कांग्रेसका सपभाति एवं प्रधानमन्त्री देउवा आज तनहुँ जाने भएका छन्। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले...
काठमाडौं, वैशाख २४ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा आज तनहुँ जाने भएका छन्। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तनहुँ जाने भएका हुन्।
प्रधानमन्त्रीसँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतलेले चुनावी सभालाई सम्बोधन गर्ने छन्। कार्यक्रम बिहान १०ः३० बजे सुरु हुने बताइएको छ।
प्रधानमन्त्री देउवाले आजै बुटवलको देवीनगर चौपारीमा आयोजना हुने गठबन्धनको चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: ०७:५४ बजे, शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1739010447.jpg)



-1739010447.jpg)






