Kathmandu Press

सिरि ए: इन्टरको पुनरागमन जित, युभेन्टस पराजित

सिरि ए: इन्टरको पुनरागमन जित, युभेन्टस पराजित

काठमाडाैं, वैशाख २४ : इटालियन सिरि ए अन्तर्गत शुक्रबार राति भएको खेलमा उपाधि होडमा रहेको इन्टर मिलान विजयी हुँदा युभेन्टस पराजित भएको छ । इन्टरले इम्पोलीमाथि ४–२को जित निकाल्दा युभेन्टस जिनोआसँग २–१ले पराजित भयो।

खेलमा २ गोलले पछि परेको अवस्था उल्टाउँदै इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेजले २ गोल गरे भने एलेक्सिस सान्चेजले १ गोल गरे । अर्को गोल आत्मघाती भएको थियो । यता, इम्पोलीका आन्द्रे पिनामोन्टी र क्रिष्टजन अस्लानीले गोल गरेका थिए ।

पाँचौं मिनेटमा पिनामोन्टीको गोलमा इम्पोलीले सुरुआती अग्रता लियो। २८औं मिनेटमा अस्लानीले इम्पोलीको अग्रता दोब्बर बनाए ।

तर, ४०औं मिनेटमा इम्पोलीका सिमोनले आत्मघाती गोल गरेपछि इन्टर खेलमा फर्कियो । ४५औं मिनेटमा मार्टिनेजले गोल गर्दै पहिलो हाफमा इन्टरलाई २–२को बराबरीमा ल्याए ।

६४ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गरेपछि  खेलमा इन्टरले ३–१ को अग्रता लियो । त्यसपछि इन्जुरी समयमा सान्चेजले गोल गरेपछि इन्टरले ४–२ को पुनरागमन जित निकाल्यो ।

यता, अर्को खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा युभेन्ट्स जिनोआसँग २–१ले पराजित भयो। पहिलो गोलरहित बराबरीमा सकिएको खेलमा ४८औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाए।

तर,८७ औं मिनेटमा अल्बर्टले गोल गर्दै जिनोआलाई खेलमा फर्काए। त्यसपछि खेलको इन्जुरी समयमा डोमिनिकोले गोल गर्दै जिनोआलाई २–१ को जित दिलाए।

जितसँगै ३६ खेलमा ७८ अंक जोडेको इन्टर शीर्ष स्थानमा उक्लिएको छ। युभेन्टस ६९ अंकका साथ चौथो स्थानमा रहँदा जितपछि पनि जिनोओ रेलिगेसन जोनमै छ । उस २८ अंकका साथ १९औं स्थानमा छ। इम्पोली ३७ अंक जोडेर १४औं स्थानमा छ।

प्रकाशित मिति: ०७:४५ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्