उदयपुरको त्रियुगामा नमुना मतदान (तस्बिरहरू)
उदयपुर, वैशाख २३ : वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनका लागि उदयपुरको त्रियुगा नगरपालिकामा नमुना मतदान गरिएको छ।मतदान अधिकृतहरुको तालिमलाई प्रभावकारी बनाउन जिल्ला निर्वाचन...
उदयपुर, वैशाख २३ : वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनका लागि उदयपुरको त्रियुगा नगरपालिकामा नमुना मतदान गरिएको छ।
मतदान अधिकृतहरुको तालिमलाई प्रभावकारी बनाउन जिल्ला निर्वाचन कार्यालय उदयपुरले जिल्लाको सदरमुकाम गाईघाटस्थित बालमन्दीर माविमा नमुना मतदानको कार्य गरेको हो।
निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको लागि जिल्ला निर्वाचन कार्यालयले शुक्रबार, शनिबार र आइतबार तीन दिन तालिमको आयोजना गरको छ।
नमुना मतदानमा जिल्ला निर्वाचन आयोग उदयपुरले मतदाता र निर्वाचनमा खटिने कर्मचारीलाई निर्वाचनमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापन लगायतका विषयमा जानकारी दिएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले जानकारी दिए।
मतदानमा महिला, पुरुष, अशक्त र वृद्ध वृद्धाहरुको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारहरूलाई मत दिन सिकाइएको उनले बताए।







-1739010447.jpg)



-1739010447.jpg)






