Kathmandu Press

बलात्कार अभियोगमा पन्ध्र वर्ष कैद

सप्तरी, बैशाख २३ : बोल्न नसक्ने १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा आज एक व्यक्तिलाई १५ वर्ष कैद सजाय भएको छ।जिल्ला न्यायाधीश...
बलात्कार अभियोगमा पन्ध्र वर्ष कैद

सप्तरी, बैशाख २३ : बोल्न नसक्ने १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा आज एक व्यक्तिलाई १५ वर्ष कैद सजाय भएको छ।

जिल्ला न्यायाधीश इश्वरमणि ओझाको इजलाशले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम रामलाई १५ वर्ष कैद सजायको फैसला सुनाएको हो। उनलाई कैद सजायका साथै पाँच लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसलासमेत भएको जिल्ला अदालतका सूचना अधिकारी भरतमणी पोखरेलले जानकारी दिए।

Hardik ivf

गाईबस्तु चराउन गएकी बालिकालाई अमसोत नदीको किनार रहेको झाडीमा आरोपितले २०७७ जेठ १ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन।

बलात्कार गरेको देखेपछि एक गाउँलेले अन्य गाउँलेलाई बोलाएर आरोपितलाई नियन्त्रणमा लिई प्रहरी चौकी पकरीको जिम्मा लगाएको थियो। जिल्ला अदालतको आदेशमा २०७७ जेठ २६ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए।

प्रकाशित मिति: १८:१५ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्