Kathmandu Press

कांग्रेसको देशभर राम्रो छ : महामन्त्री शर्मा

ओखलढुङ्गा, वैशाख २३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा कांग्रेसले देशभर बहुमत ल्याउने दाबी गरेका छन। लिखु गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन...
कांग्रेसको देशभर राम्रो छ : महामन्त्री शर्मा

ओखलढुङ्गा, वैशाख २३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा कांग्रेसले देशभर बहुमत ल्याउने दाबी गरेका छन। लिखु गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यही वैशाख ३० को निर्वाचनमा कांग्रेसका कुनै उम्मेदवार पराजित नहुने जिकिर गरेका हुन।

देशभरको जनलहर कांगेसका पक्षमा रहेको दाबी गर्दै महामन्त्री शर्माले पार्टी एकताबद्ध हुनु र गठबन्धन गरिनुले कांग्रेसका उम्मेदवार सबै विजयी हुने आधार प्रस्तुत गरे।

देशभरका ७५३ स्थानीय तहमध्ये ६३४ मा कांग्रेसले प्रमुख पदमा उम्मेदवार उठाएको उनले बताए। बाँकी ११९ ठाउँ गठबन्धनका अन्य दललाई दिएर देशभर कांग्रेसले उनीहरुको साथ लिएको शर्माको भनाइ थियो। तीनवटै तहका सरकार कांग्रेस नेतृत्वमा बन्ने शर्माको भनाइ छ। कार्यक्रमलाई कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा र प्रदीप सुनुवारलगायतले सम्बोधन गरेका थिए।

प्रकाशित मिति: १८:१२ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्