दुई महानगरका महिला उम्मेदवारहरूलाई सबैले मिलेर जिताउनुपर्छ : देउवा
‘काठमाडौंमा सिर्जना सिंहलाई र चितवनमा रेणु दाहाललाई हरायो भने दुनियाँले के भन्छ?’ उनले भने, ‘त्यसैले सबै मिलेर उनीहरूलाई जिताउनुपर्छ।’
काठमाडौं, वैशाख १७ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं र चितवन महानगरका महिला उम्मेदवारलाई जसरी पनि जिताउनुपर्नेमा जोड दिएका छन्।
सत्ता गठबन्धनद्वारा आज (शुक्रबार) काठमाडौंमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरमा सिर्जना सिंह र चितवन महानगरमा रेणु दाहाललाई जिताउन पार्टी तथा गठबन्धनका नेताकार्यकर्ता तथा आम मतदातालाई आग्रह गरेका हुन्।
‘काठमाडौंमा सिर्जना सिंहलाई र चितवनमा रेणु दाहाललाई हरायो भने दुनियाँले के भन्छ?’ उनले भने, ‘त्यसैले सबै मिलेर उनीहरूलाई जिताउनुपर्छ।’
प्रकाशमान सिंहको श्रीमतीलाई टिकट दियो भनेर बखेडा नझिकेक्न पनि उनले पार्टी नेताकार्यकर्तालाई अनुरोध गरे। ‘सिर्जनाका आमाबुबाले बिहे गरेर प्रकाशमानको घरमा पठाइदिए त के गरून बिचारीले?’ उनले भने।
सिर्जनालाई मेयरमा उठाउँदा प्रकाशमान सिंह डराएको तर आफूले नै उनलाई मेयर उम्मेदवारका लागि अगाडि बढाएको उनको भनाइ थियो।
चितवनमा पनि रेणुलाई टिकट दिँदा छोरीलाई टिकट दियो भन्ने गुनासो आउने भनेर प्रचण्ड धेरै डराएको तर राम्रो काम गरेकोलाई किन हटाउने भनेर मेरै करकापले मेयर उम्मेदवार बनाएको उनले बताए।
-1739010447.jpg)



-1739010447.jpg)






