प्रधानमन्त्री देउवा शनिबार तनहुँ जाँदै

तनहुँ, वैशाख २३ : स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गर्ने चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँ जाँदै छन्।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी शनिबार आयोजना हुने सभालाई सम्बोधन गर्न कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा दमौली जान लागेका हुन्।
सभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा प्रकाशशरण महतलेसमेत सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए। व्यास नगरपालिका–३ अनसनचौतारीमा चुनावीसभा आयोजना गरिएको छ।
नेपाली कांग्रेसबाट सदरमुकाममा रहेको व्यास नगरपालिकाको प्रमुखमा वैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै उम्मेदवार छन्। नगरप्रमुख न्यौपाने दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन्।
प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1739010447.jpg)



-1739010447.jpg)






