राप्रपासँग मिलेको एमालेले प्रतिगामी दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्छ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले देशमा दुईथरी गठबन्धन रहेको बताएका छन्।
काठमाडौं, वैशाख २३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले देशमा दुईथरी गठबन्धन रहेको बताएका छन्।
सत्ता गठबन्धनद्वारा आज (शुक्रबार) काठमाडौंमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले दुईथरी गठबन्धनमा एउटा प्रगतिशील गठबन्धन अर्थात् वाम लोकतान्त्रिक गठबन्धन र अर्को प्रतिगामी दक्षिणपन्त्री गठबन्धन रहेकोको बताएका हुन्।
आजसम्मका उपलब्धिको रक्षा गर्नेहरू, संविधानको रक्षा गर्नेहरू, समाजवादको बाटोमा अगाडि बढ्नेहरू, देशमा सुशासन ल्याउनुपर्छ भन्ने मान्यता बोक्नेहरू, गणतन्त्रका हिमायतीहरू, धर्मनिरपेक्षताका पक्षधरहरू सत्तारूढ गठबन्धन अर्थात् प्रगतिशील गठबन्धन रहेको उनको भनाइ थियो।
त्यसैगरी प्रतिगामी दक्षिणपन्थी गठबन्धनको नेतृत्व एमालेले गरेको उनले बताए। उक्त गठबन्धनमा राप्रपाजस्ता राजावादी, प्रतिगामी, दक्षिणपन्थी शक्तिहरू सहभागी भएको उल्लेख गर्दै विदेशीसामु लम्पसार पर्नेहरू, संविधान विरोधीहरूले सो गठबन्धनको नेतृत्व गरेको बताए। अब कुन गठबन्धनलाई रोज्ने भन्ने कुरा जनताको हातमा रहेको उनको भनाइ थियो।
उनले देशभरिका मतदातालाई प्रगतिशील गठबन्धनमा रहेका दलहरुलाई जिताउन आग्रह गरे। प्रतिगामीहरुको पक्षमा लागे पछुताउनुपर्ने अवस्था आउने उनको भनाइ थियो।
सुरक्षित भविष्य, उपलब्धिको रक्षा, परिवर्तन र विकास निर्माणका लागि प्रगतिशील शक्ति रोज्नुपर्ने, प्रतिगामी गठबन्धनलाई इन्कार गर्नुपर्ने उनको भनाइ थियो।
२०१७ सालमा महेन्द्रले प्रतिगामी कदम चालेपछि कांग्रेस नेता बिपी कोइराला र कम्युनिस्ट नेता पुष्पलालले भारतमा निर्वासित भएका बेला दुवैखाले शक्ति मिलेर पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्र फाल्नुपर्ने सल्लाह गरेको र त्यसैको फलस्व?प लोकतान्त्रिक र वाम दलबीचको एकताबाट २०४६ सालमा र २०६३/६३ मा गरिएको जनआन्दोलनबाट ठूलो उपलब्धि हासिल भएको उनले बताए।
त्यसपछि संविधानसभाको निर्वाचन चुनिएका जनप्रतिनिधिमार्फत जनताको चाहनाअनुसार संविधान बनाएको उनले बताए। ‘आन्दोलनको बलमा हामीले संविधान बनायौं, राजतन्त्र फल्यौं, गणतन्त्र ल्यायौं, संघीयता ल्यायौं र समाजवादको दिशामा नेपाललाई अगाडि बढाउने संकल्प गर्यौं।’
निरंकुश राजतन्त्रलाई इतिहासमा सीमित गराइदिने विश्वास कसैले नगरे पनि अनेकौ चुनौती रअप्ठ्याराका बीचमा धेरै हण्डर र ठक्कर खाएर अन्ततः सफलता पाएको उनले बताए।
नेपालमा एउटै दलको बहुमतको सरकार कहिलेकाही मात्र बन्यो तर टिक्न नसकेको उल्लेख गर्दै उनले मिलेर सरकार बनाउनु र एकताबद्ध भएर जानुको विकल्प नभएको बताए।
उनले विगतमा प्रतिगमनका वि?द्धमा रत्नपार्कको इलाकाबाट आन्दोलन थालेको, सशक्त आवाज बुलन्द गरेको र नारायणहिटी दरबारलाई चुनौती दिएको, शान्तिप्रक्रिया सुरू भइसकेपछि, नेकपा माओवादी पनि आन्दोलनमा सरिक भएपछि आइसकेपछि बृहत् आन्दोलन गरेको स्मरण गरे।
नेपाली कांग्रेसबाट गिरिजाप्रसाद कोइराला, माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन एमालेबाट आफू बसेर बाह्रबुँदै सम्झौता गरेको बताउँदै त्यही क्रममा गणतन्त्रका लागि आन्दोलन अघि बढाउने निधो गरेको पनि जानकारी दिए।
बन्दै नबनेको पुल उद्घाटन गर्ने, एकै ठाउँबाट शिलान्यास गर्ने, पछि बन्ने परियोजनालाई पहिल्यै उद्घाटन गर्ने गरेर कहीँ नभएको जात्रा केपी ओलीको पालामा भएको उनले बताए।
-1739010447.jpg)



-1739010447.jpg)






