आलम प्रकरणमा उच्च अदालतको फैसला सदर, थुनामुक्त गराउन सर्वोच्चको अस्वीकार
काठमाडौं, वैशाख २३ ः सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई थुनामुक्त गराउन अस्वीकार गरेको छ। शुक्रबार न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले...
काठमाडौं, वैशाख २३ : सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई थुनामुक्त गराउन अस्वीकार गरेको छ। शुक्रबार न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आलमलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरेको हो।
उच्च अदालतले आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने निर्णय गरेको थियो । सर्वोच्चले सोही निर्णयलाई सदर गर्दै आलमलाई थुनामै राख्ने निर्णय गरेको हो।
आलममाथि ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ।
आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरेपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका थिए।
-1739010447.jpg)



-1739010447.jpg)






