संविधान र गणतन्त्र जोगाउन अहिलेपनि हम्मेहम्मे परेको छ : केसी
अध्यक्ष केसीले पाँच दलीय गठबन्धनभित्र पनि थुप्रै मतभेद र अन्तरविरोधहरु रहेको बताएका छन् ।काठमाडौं, वैशाख २३ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लामो समयसम्मको संघर्षबाट प्राप्त उपलब्धी जोगाउन अहिले पनि हम्मेहम्मे परेको बताएका छन् ।
पाँच दलीय गठबन्धनले काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनको खतरा अझै नटरेकाले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिइएको बताएका हुन् ।
बहुुदलीय व्यवस्था, ०७२ को संविधान र त्यसले प्रत्याभुत गरेका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक सहभागिता लगायतका उपलब्धीहरु उल्ट्याउने प्रयास अझै भइरहेको उनले बताए । ‘हिजोको उपलब्धी सकिने अवस्था देखिएपछि गठबन्धन निर्माण गरिएको हो,’ उनले भने ।
केसीले गठबन्धनका कारण प्रतिगमनकारीहरु त्रसित भएको पनि बताएका छन् । ‘सबै जनवर्गीय संगठनहरुमा गठबन्धनको उम्मेदवार विजयी भएपछि प्रतिगमनकारीलाई झड्का लागेको र गठबन्धनलाई कहिले अपवित्र, कहिले के भनिरहेका छन्,’ उनले भने।
अध्यक्ष केसीले पाँच दलीय गठबन्धनभित्र पनि थुप्रै मतभेद र अन्तरविरोधहरु रहेको बताएका छन् । ‘सबै कुरामा पाँच दलको एकमत छैन,’ उनले भने,‘प्रतिगमनलाई धराशायी बनाउने, गणतन्त्रलाई सुरक्षित गर्ने र संसदलाई बचाउने कुरामा पाँच दलकोे एक मत छ।’
उनले स्थानीय तहको निर्वाचनमा गठबन्धनले विजयी हासिल गर्ने विश्वास व्यक्त गरे।
-1739010447.jpg)



-1739010447.jpg)






