Kathmandu Press

काठमाडौं महानगरमा उपमेयरका उम्मेदवार श्रेष्ठ भन्छन्– सुशासन के हो हामी देखाइदिन्छौं

काठमाडौं, वैशाख २३ : काठमाडौं महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट उपमेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठले महानगरमा सुशासन कायम गर्नु नै आफूहरुको प्रमुख एजेन्डा रहेको बताएका  छन्। काठमाडौंमा...
काठमाडौं महानगरमा उपमेयरका उम्मेदवार श्रेष्ठ भन्छन्– सुशासन के हो हामी देखाइदिन्छौं

काठमाडौं, वैशाख २३ : काठमाडौं महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट उपमेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठले महानगरमा सुशासन कायम गर्नु नै आफूहरुको प्रमुख एजेन्डा रहेको बताएका  छन्। 

काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले काठमाडौं महानगरपालिका भ्रष्टाचारको अखडा बनेको र त्यसलाई अन्त्य गर्न आफूहरुको नेतृत्व आवश्यक रहेको बताए। 

महानगरले सेवाग्राहीलाई अनावश्यक झुलाउने, समयमा काम नगर्ने प्रवृत्ति देखिएको र सिर्जना सिंहको नेतृत्वले त्यसलाई समाधान गर्दै सेवाग्राहीलाई झुलाउने कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने ठोकुवा गरे। 

श्रेष्ठले महानगरपालिकाको फोहोर व्यवस्थापनमा पनि राजनीति भएको बताए। आफूहरु नेतृत्वमा आएपछि महानगरभित्र फोहोरको समस्या पूर्ण रुपमा समाधान गरिने उनले बताए। विदेशबाट फोहोर प्रशोधन मेसिन ल्याएर महानगरभित्रै फोहोरबाट मोहर उत्पादन गर्न सकिने बताए।

त्यस्तै फोहोरबाट ग्याँस र विद्युत निकाल्न सकिने र  आफूहरु नेतृत्वमा आए फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिने बताए। 
महानगरसँग पर्याप्त बजेट भएपनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा कामै गर्न नसकेको उनले बताए। १९ अर्ब बजेटको २० प्रतिशतमात्रै स्वास्थ्यमा खर्च गरियो भने महानगरको आफ्नै अस्पताल हुन्छ, त्यहाँ गरिब, वृद्धवृद्धालाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन सकिन्छ,’ उनले भने, ‘हामी नेतृत्वमा आयौं भने त्यो काम अवश्य गर्छौं। 

सम्बोधनका क्रममा उम्मेदवार श्रेष्ठल एमाले अध्यक्षमाथि पनि खनिएका थिए। उनले प्रतिगमन र अहंकारवादकै कारण मुलुकको राजनीति यस्तो अवस्थामा आएको बताए।  स्थानीय तहको निर्वाचनमा अहंकारवादीहरु स्वाहा हुनेसमेत उनले दाबी गरे 
 

प्रकाशित मिति: १५:३६ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्