१९ औं एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित
काठमाडौं, वैशाख २३ : चीनको होङझोउ शहरमा सेप्टेम्बरका लागि निर्धारित एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भएको छ।सन् २०१९ को जनवरीमा महामारीको सुरुवाती समयको...
काठमाडौं, वैशाख २३ : चीनको होङझोउ शहरमा सेप्टेम्बरका लागि निर्धारित एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भएको छ।
सन् २०१९ को जनवरीमा महामारीको सुरुवाती समयको भन्दा धेरै संक्रमित भेटिन थालेपछि चीनले थप जोखिमबाट बच्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । एसियाली खेलकुदको आधिकारिक वेभसाइटमा खेलकुद स्थगित गर्ने निर्णय भएको उल्लेख छ।
‘एसियन ओलम्पिक परिषद (ओसीए)ले सेप्टेम्बर १० देखि २५ सम्म तीनको होङझोउ शहरमा आयोजना हुने १९औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको छ,’ सूचनामा उल्लेख छ।
चीनको सरकारी सन्चारमाध्यम सीसीटीभीले प्रतियोगिता स्थगित भएको पहिलो सूचना प्रशारण गरेको थियो।
नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले पनि एसियाली खेलकुद सार्ने निर्णयको जानकारी कमिटीमा आएको बताए।
प्रकाशित मिति: १४:१० बजे, शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1739010447.jpg)



-1739010447.jpg)






