राष्ट्रिय भलिबल : एपिएफको जित
काठमाडाैं, वैशाख २३ : छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) ले साविक विजेता न्यु...
काठमाडाैं, वैशाख २३ : छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) ले साविक विजेता न्यु डायमण्ड स्पोर्टस् क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा आज भएको खेलमा एपिएफले न्यू डाइमण्डलाई ३-० को सेटमा पराजित गरेको हो। एपिएफले न्यु डायमण्डलाई २५-१९, २५-१० र २५-९ को सेटमा पराजित गर्याे ।
जारी प्रतियोगितामा न्यु डायमण्डको यो लगातार चौथो हार हो। यस हारसँगै न्यु डायमण्डले ४ खेल १ अङ्क जोडेर प्रतियोगिताको अन्त्य गरेको छ। यता एपिएफको भने यो तेस्रो जीत हो। एपिएफको ९ अङ्क रहेको छ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट भलिबल क्बल सहभागी छन्। प्रतियोगिताको विजेता टोलीले रु छ लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन्। त्यसैगरी तेस्रो हुने टोलीले रु एक लाख ५० हजार र चौथो हुनेले रु ७५ हजार प्राप्त गर्नेछन्।



-1739010447.jpg)







