Kathmandu Press

३६ वर्षमा ४४ सन्तान पाएकी एक्ली आमाको कथा

मरियम नाबातान्जीले ३६ वर्षको उमेरमा ४४ सन्तान जन्माएकी छन्।  उनलाई एउटा दुर्लभ प्रकारको “जेनेटिक” समस्या छ। दुर्भाग्यवश चार वर्षअघि उनलाई पतिले छाडे। ....

३६ वर्षमा ४४ सन्तान पाएकी एक्ली आमाको कथा

मरियम नाबातान्जीले ३६ वर्षको उमेरमा ४४ सन्तान जन्माएकी छन्।  उनलाई एउटा दुर्लभ प्रकारको “जेनेटिक” समस्या छ। दुर्भाग्यवश चार वर्षअघि उनलाई पतिले छाडे। अब विशाल परिवारको रेखदेख उनकै काँधमा आएको छ। मरियम ४० वर्षकी भइन्।

बुवाले पनि विभिन्न महिलाबाट ४५ जना सन्तान जन्माएको खुलेपछि डाक्टरहरूले उनलाई थप सन्तान नजन्माउन सझाव दिएका थिए। मरियमका तीन चम्ल्याहा, चार तिम्ल्याहा र छ जम्ल्याहा सन्तान छन्। सबै सन्तानको उनी उत्तिकै राम्रो स्याहार र रेखदेख गर्छिन्।

विवाह हुँदा उनको उमेर मात्रै १२ वर्षको थियो। पति उनीभन्दा २८ वर्ष जेठा थिए। एक वर्षपछि नै उनले पहिलो चम्ल्याहा सन्तान जन्माइन्। डिम्बाशय असामान्य रूपमा ठूला भएकाले गर्भ निरोधक चक्कीले समस्या हुनसक्ने उनलाई बताएको थियो। त्यसैले पहिलो चम्ल्याहापछि परिवार नियोजन गरिनन्। सन्तान जन्माउने क्रम रोकिएन। युगान्डाका परिवार प्रायः ठूलै हुन्छन्। 

Hardik ivf

औसतमा महिलाले ५/६ जना सन्तान जन्माउँछन्। अफ्रिकामा सबैभन्दा उच्च जन्मदर भएको देश युगान्डा पनि हो। यद्यपि यो मापदण्डले पनि मरियमको परिवार विशाल हो।

२३ वर्षकै उमेरमा मरियमका २५ सन्तान भए। बच्चा जन्माउनबाट रोक्नलाई उनले डाक्टरकहाँ बिन्ती पनि बिसाइन्। तर फेरि पहिलेकै सल्लाह पाइन्। तीन वर्षअघि उनको अन्तिम गर्भ दुखद रह्यो। उनले छैठौं पटक पनि चम्ल्याहालाई जन्म दिइन्। प्रसव पीडाको क्रममा एउटा सन्तानको मृत्यु भयो। त्यसपछि उनलाई पतिले पनि छाडे। अहिले पतिको नामलाई उनको परिवारले सराप्ने गर्छ।

मरियमले भनिन्, “म आँशुमै हुर्किएँ। पतिले मलाई धेरै पीडा दिएका छन् । मेरो सबै जीवन सन्तानको स्याहार गर्न र केहि पैसा कमाउनमै खर्च भएको छ।”

यो घटनापछि बच्चा नजन्माउनका लागि उनले सहयोग पाइन्। कम्पाला, युगान्डास्थित मुलागो अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. चार्ल्स किग्गुन्डुले भने, “उनका डिम्बाशयले एउटा चक्रमा धेरै अण्ड उत्पादन गरिरहेका छन्। यसले एकभन्दा धेरै सन्तान हुने सम्भावना बढाउँछ। यो सधैं वंशाणुगत नै हुन्छ।”

अब फेरि गर्भवती हुने जोखिम डाक्टरहरूले हटाएको मरियमले पुष्टि गरिन्। उनको पाठेघर निकालिएको छ। सन्तानको स्याहार सुसारका लागि अब उनको बाटोमा केहि अवरोध आउने छैन। उनी हेयरड्रेसर, इभेन्ट डेकोरेटरको रूपमा काम गर्छिन्। पुराना काम नलाग्ने धातु संकलन गरि बेच्छिन्। उनी स्थानीय जिन पनि बनाएर बिक्री गर्छिन्। जडिबुटिको औषधी पनि बनाउँछिन्। 

मरियमको अधिकांश आम्दानी खाना, औषधी उपचार, लत्ताकपडा र विद्यालयको शुल्कमा खर्च हुन्छ। उनको घरका भित्तामा सबैभन्दा ठूला सन्तानले विद्यालयबाट ग्राजुएट गरेको तस्बिर राखिएको छ। मरियमको प्रयासका बावजुद एउटा सन्तान इभान किबुकाले विद्यालय छाड्नु पर्‍यो। उनी आमालाई घरखर्च जुटाउन सघाउँछन्।

२३ वर्ष इभान भन्छन्, “आमालाई धेरै भार छ। कामले उनलाई थिचेको छ। हामीले सक्ने सहयोग गर्छौं। खाना पकाउन, लुगा धुन। तर उनीमाथि सबै परिवारको भार छ। म उनको पीडा बुझ्नसक्छु।”

मरियमका प्रारम्भिक वर्षहरू पनि दुखले भरिएका थिए। उनी जन्मिएको तीन दिनमै आमाले बुवा र पाँच दाजुभाइ दिदीबहिनीलाई छाडेर गइन्। बुवाले अर्को विवाह गरे। सौतेनी  आमाले खानामा शिसाका टुक्राहरू मिसाएर उनका दाजुभाइ दिदीबहिनीलाई ख्वाइन्। सबैको ज्यान गयो। एक जना आफन्तले मरियमको जीवन जोगियो।

उनले भनिन्, “म त्यतिबेला सात वर्षकी थिएँ। मृत्यु के हो बुझ्न सक्ने भएकी थिइनँ। घटनाबारे आफन्तले मलाई सुनाएका थिए।”

यो घाउले उनलाई आफ्नै परिवारको चाहना भएको थियो। उनलाई मायाँ चाहिएको थियो। तर उनी भने ६ जना मात्रै सन्तान होस्भ न्ने चाहन्थिन्। एकल अभिभावक भएकाले उनले जेजति ल्याउँछिन्, त्यसैमा उनका सन्तान खुशी हुनुपर्छ। बाह्र जना सन्तान धातुले बनेका ओछ्यानमा एउटा सानो कोठामा सुत्छन्। अरू भुइँमा सुत्छन्। ठाउँ नभएकाले केहि त्यतिकै पनि सुत्छन्। 

तर सबै जनाले उनलाई सघाउँछन्। खाना पकाउन होस् वा सरसफाइ। ठूलाले सानाको हेरविचार गर्छन्। मरियम प्रत्येक दिन २५ केजी मकैको पीठो पकाउँछिन्। सबैको पेट भर्छिन्। उनको घरमा माछामासु एकादेशको कथाजस्तै छ। उनले एउटा तालिका बनाएकी छिन्। हरेक दिन घरको खाना र सरसफाइ भएको त्यही तालिकाले सुनिश्चित गर्दछ।

त्यसमा लेखिकएको छ “शनिबार हामी सबै सँगै काम गर्छौं।” मरियम भने सन्तान खुशी भएको हेर्न चाहन्छिन्। उनी भन्छिन्, “मैले सानै उमेरदेखि वयस्कको जिम्मेवारी लिन थालेकी हुँ। जन्मेदेखि खुशीको अनुभव गर्न पाएकी छैन।”

प्रकाशित मिति: ०७:१७ बजे, सोमबार, कात्तिक ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्