Kathmandu Press

मोरङका पूर्वीदक्षिणी पालिकामा बाजागाजासहित कांग्रेसको चुनावी अभियान

विराटनगर, वैशाख २३ : स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै नेपाली कांग्रेसले मोरङ जिल्लाभर प्रचार प्रसार अभियानलाई तिव्रता दिएको छ । जिल्लाका एक महानगरपालिकासहित १७...
मोरङका पूर्वीदक्षिणी पालिकामा बाजागाजासहित कांग्रेसको चुनावी अभियान

विराटनगर, वैशाख २३ : स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै नेपाली कांग्रेसले मोरङ जिल्लाभर प्रचार प्रसार अभियानलाई तिव्रता दिएको छ । जिल्लाका एक महानगरपालिकासहित १७ वटै पालिकामा नेपाली कांग्रेसका उमेदवारहरुले घरदैलो तथा कोणसभा गरेर प्रचार प्रसार  अभियानलाई अघि बढाएको हो । 

मोरङको सिमावर्ती पालिकाहरुमा अधिकांश मधेशी आदिवासी समुदायको बसोवास रहि आएको छ । कटहरी, जहदा गाउँपालिका तथा सुनवर्षी, रंगेली र रतुवामाई नगरपालिकामा पहाडी, मधेशी, आदिवासी जनजातिलगायत समुदायको मिश्रित बसोबास छ ।

निर्वाचनमा आफनो पंक्षमा ल्याउन नेपाली कांग्रेसका उमेदवारहरुले विभिन्न ऐजेन्डा लिएर घरदैलो गरि रहेका छन । नेपाली कांग्रेस नेकपा एमाले,नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्रपार्टीलगायत दल चुनावमा होमिएका छन् ।

नगरपालिका  प्रमुख उपप्रमुख  तथा गाउँपालिका  अध्यक्ष उपाध्यक्षसाथै वडाध्यक्ष पदमा उमेदवारी दिएकोहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त छन । आफनो उमेदावारलाई जिताउन बाजागाजासहित मतदाता समेत उत्साहका साथ निर्वाचनमा होमिएका छन । पाँच वर्षपछि हुन लागेको निर्वाचनमा आफनो पक्षमा  जित  लिन उमेदवारले ध्यान केन्द्रीत गरेका छन् । विकासका एजेन्डा लिएर मतदाताका घरघरमा पुगेका छन । नेपाली कांग्रेसका उमेदवारहरुले विकास निमार्णदेखि शिक्षा, स्वास्थ्य रोजगार जस्ता एजेन्डालाई अघि सारेको छ । 

रंगेली नगरपाकिलामा स्थानियतहकानिर्वाचनका लागी मेयरपद्धमा उमेदवारी दिएका मोदराज घिमिरेले निर्वाचनको मुख्य एजेन्डा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि  तथा खोलानालामा तटबन्ध रहेको बताए । उनले भने ‘रंगेलीपूर्वकै एतिहासिक सहर भएकाले यसको विकासका लागि संघीय सरकारबाट थप बजेट उपलब्ध गराउन पहल गर्नेछु।’ आफू निर्वाचित भए मोरङ जिल्लाका पुरानो सदरमुकाम रंगेलीलाई  स्मार्ट  र ग्रिनसिटीको रुपमा विकास गर्न पहल गर्ने घिमिरेले सुनाए । गरिब र दलित समुदायका लागि स्वरोजगार तथा आयमुलक कार्यक्रम संचालन गर्ने उनले बताए। 

पुर्वी मोरङमा रहेको बक्राहा खोलाले सुनवर्षी र रतुवामाई नगरपालिकाकाका स्थानीयलाई बर्सेनि पिरोल्ने गरको छ । बाढीका कारण तटीय क्षेत्रका बासिन्दाहरुको उठिवास हुने गरेको छ । शिक्षा,स्वास्थ्य, पूर्वाधार तथा विकास निमार्णसंगै सुनवर्षी नगरपालिकाको मेयर पदमा उमेदवार दिएका कांग्रेस उमेदवार यज्ञ कार्कीले बक्राहा खोलाको तटबन्धलाई पनि  निर्वाचनको मुख्य एजेन्डा बनाएका छन् । उनले भने,‘बक्राहा खोलामा स्थायी तटबन्धन निर्माणको लागि केन्द्र सरकारसंग पहल गर्नेछु ।’ कार्कीले समृद्ध सुनवर्षी  नगर बनाउन पूर्वाधार बनिसकेको र अब थप काम गर्ने उनले बताए । 

त्यस्तै धनपालथान गाउँपालिकामा पनि  चुनावी सरगर्मी बढेको छ । नेपाल भारत सिमासंग जोडिएको सो पालिकामा यसअघिको निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्षमा पदमा  नेपाली कांग्रेसका उमेदवारले विजय भएका थिए  । बैसाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा  कुनैदलसंग गठबन्धन नगरी त्यो पालिकामा  कांग्रेस एक्लै चुनावी मैदानमा  उत्रिएको छ । अध्यक्ष पदमा कांग्रेसको तर्फवाट  जिवक्ष गच्छदारले उमेदवारी दिएका छन् । उनले भने, ‘कृषिमा आधारित पालिका भएकाले कृषि यान्त्रीकरण र व्यवसायीकरणलाई महत्व दिनेछु ।’ कृषिमा आमुल परिवर्तन आवश्यक रहेको भन्दै उनले शिक्षा, स्वास्थ्य पूर्वाधार र तटबन्धनको काम अघि बढाउने योजना सुनाए । 

यता, जहदा गाउपालिकामा नेपाली कांग्रेको तर्फबाट उमेदवारी दिएका जितेन्द्रप्रसाद साह जितुले गाउँपालिकाका गुणस्तरीय अस्पतालको निमार्ण  व्यवहारिक शिक्षाको विकासमा काम गर्ने बताए । कृषिक्षेत्रको विकास गर्न सहुलियतमा मलखादको व्यवस्था गराउन आफूले पहल गर्ने सुनाए । 

जहदा गाउपालिकामा सन्थाल लगायत सबै समुदायको वसोवास रहेकाले उनीहरुको विकास र जीवनस्तर सुधार गर्न आय आर्यजनका कार्यक्रमसमेत अघि बढाउने बताए । नेपाली कांग्रेसले रंगेली नगरपालिकमा मेयर उपमेयर पदमा जसपासँग तालमेल गरेको छ । 
 

प्रकाशित मिति: ११:१७ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्