Kathmandu Press

मोरङको बेलबारीमा मेयरका उम्मेदवारको गाडीमा आगजनी

काठमाडौं, वैशाख २३ : मोरङको बेलबारीमा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । गौतमको बा १२ च ९३८४ नम्बरको कारमा...
मोरङको बेलबारीमा मेयरका उम्मेदवारको गाडीमा आगजनी
फाइल तस्बिर

काठमाडौं, वैशाख २३ : मोरङको बेलबारीमा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । 

गौतमको बा १२ च ९३८४ नम्बरको कारमा बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे आगजनी भएको हो । गौतमले उक्त गाडी चुनावी प्रचार प्रसारका लागि प्रयोग गर्दै आएका थिए । 

प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: ०८:५७ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्