Kathmandu Press

पाँच दलीय गठबन्धनमा भट्टराईको गुनासो 

काठमाडौं, वैशाख २३ : जनता समाजवादी पार्टीका संघीय परिषद्‍ अध्यक्ष डा. बाबुराम भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु...
पाँच दलीय गठबन्धनमा भट्टराईको गुनासो 

काठमाडौं, वैशाख २३ : जनता समाजवादी पार्टीका संघीय परिषद्‍ अध्यक्ष डा. बाबुराम भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण रहेको गुनासो गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच विभिन्‍न पालिकामा तालमेल भईसकेको छ ।

‘सबैले बुझौं स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता कार्यकर्ता त्यसवारे बढी जानकार हुन्छन् लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौं र गैरदलीय चुनाव गरौं कुनै आकाश खस्दैन, उनले ट्वीट गरेका छन् ।’ 

प्रकाशित मिति: ०८:२७ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्