Kathmandu Press

आज काठमाडौंमा सत्ता गठबन्धनको चुनावी सभा 

काठमाडौं, वैशाख २३ : सत्ता गठबन्धनमा आबद्ध रहेका पाँच दलको आज काठमाडौंमा संयुक्त चुनावी सभा गर्दैछन् ।यही वैशाख ३० गते हुने स्थानीय तह...
आज काठमाडौंमा सत्ता गठबन्धनको चुनावी सभा 

काठमाडौं, वैशाख २३ : सत्ता गठबन्धनमा आबद्ध रहेका पाँच दलको आज काठमाडौंमा संयुक्त चुनावी सभा गर्दैछन् ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाइ लक्षित गर्दै सभा गर्न लागिएको हो । दिउँसो २ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा सभा हुनेछ ।

सभालाई पाँचै दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । गठबन्धनको पहिलो संयुक्त चुनावी सभामा बिहीबार चितवनको भरतपुरमा सम्पन्न भएको थियो ।

गठबन्धनको चुनावी कार्यक्रमअन्तर्गत यसपछि शनिबार जनकपुरमा, आइतबार पोखरामा, सोही दिन दिउँसो दाङको घोराही र तुलसीपुरमा, सोमबार धनगढीमा र २७ गते बाराको सिमरामा अन्तिम संयुक्त सभा गर्ने छ । 

प्रकाशित मिति: ०७:१५ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्