आईपीएलमा दिल्लीले हैदराबादलाई २१ रनले हरायो
काठमाडौं, वैशाख २३ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई हराएको छ ।मुम्बईमा गएराति सम्पन्न खेलमा दिल्लीसँग हैदराबाद २१ रनले...
काठमाडौं, वैशाख २३ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई हराएको छ ।
मुम्बईमा गएराति सम्पन्न खेलमा दिल्लीसँग हैदराबाद २१ रनले पराजित भएको हो । दिल्लीले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्रै बनाउन सक्यो ।
हैदराबादका निकोलस पुरनले ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । एडिन मार्क्रमले ४२ रन जोडे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो। दिल्लीका डेभिड वार्नर र रोभम्यान पावेलले अर्धशतकीय पारी खेले ।
जितसँगै दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । दिल्लीले १० खेलमा १० अङ्क जोडेको छ । समान खेलमा हैदराबाद १० अङ्कका साथ छैटौँ स्थानमा छ ।
प्रकाशित मिति: ०७:०८ बजे, शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











