Kathmandu Press

निर्वाचन आयोगले फेरि सोध्यो स्थापितलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं, वैशाख २२ : नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले पुनः २४ घण्टे स्पष्टीकरण सोधेको छ।स्थापितले काठमाडौं महानगरमा मेयरका...
निर्वाचन आयोगले फेरि सोध्यो स्थापितलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं, वैशाख २२ : नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले पुनः २४ घण्टे स्पष्टीकरण सोधेको छ।

स्थापितले काठमाडौं महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।

‘नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवाद, लेनिनवादको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिष्पर्धी उम्मेदवार रहेका बालेन साहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएकोले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ’, आयोगले भन्यो

स्थापितले प्रतिस्पर्धी साहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भन्दै आपत्तिजनक टिप्पणी गरेका थिए । यसअघि काठमाडौंको एक कलेजसहित विभिन्न ठाउँमा मेयरका उम्मेदवार स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लंघन गरेको उजुरी आएको भन्दै निर्वाचनले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

स्थापितले त्यसको जवाफ बिहीबार मात्र बुझाएका थिए । जवाफमा उनले आफूले आचारसंहिता उल्लंघन नगरेको दाबी गरेका थिए ।

प्रकाशित मिति: १९:०० बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्