पल्सरकाे एनएस- २०० अब एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टममा
काठमाडौं, कात्तिक ३ : बजाजले पल्सर एनएस २०० मोडलको मोटरसाईकलमा एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम (एबीएस) ल्याएको छ।
एन्टी&ndas....

काठमाडौं, कात्तिक ३ : बजाजले पल्सर एनएस २०० मोडलको मोटरसाईकलमा एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम (एबीएस) ल्याएको छ।
एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि निकै महत्वपूर्ण हुने नेपालको आधिकारीक बिक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिले जनाएको छ।
उक्त बाइकमा राखिएको एबीएसको प्रयोगले चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्ने कम्पनीको दाबी छ।
‘एबीएस भएको सवारी साधन सधैं सुरक्षित हुन्छन् किनकी यसले ब्रेकिङ्ग दुरी कम गर्दछ र जोखिमपूर्ण सडक वा आपतकालिन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत सवारी बाइक चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन पनि एकदमै मद्दत गर्ने छ’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
एबीएस भएको पल्सर एनएस २०० को शुरुवाती मुल्य तीन लाख ३४ हजार नौ सय रहेको छ। यो देशभरको बजाजका सबै आधिकारिक शोरुमहरुमा उपलब्ध छ ।










-1754206481.jpg)
