विद्रोही उम्मेदवार पार्टीबाट निष्कासित भएको कांग्रेसको घोषणा
बिहीबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता नरहेको सुचित गराएका हुन् ।
काठमाडौं, वैशाख २२ : नेपाली कांग्रेसले बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित गरेको छ ।
बिहीबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता नरहेको सुचित गराएका हुन् ।
कांग्रेसले गत वैशाख १९ गते विज्ञप्ति जारी गरी बागीलाई उम्मेदवारी निष्क्रिय बनाएर पार्टीका अधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारको पक्षमा उभिन आग्रह गरेको थियो ।
उक्त आग्रह अस्वीकार गरेका बागीहरु कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम पार्टीबाट स्वतः निस्कासन भएको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेस विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकहरुको नामावली केन्द्रमा पठाउन पनि जिल्ला कार्यसमितिलाई निर्देशन समेत दिएको छ ।
-1739010447.jpg)

-1739010447.jpg)