गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्छ : अध्यक्ष नेपाल
चितवन, बैशाख २२ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्ने बताएका छन। आज यहाँ आयोजित पाँच दलीय गठबन्धनको...
चितवन, बैशाख २२ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्ने बताएका छन। आज यहाँ आयोजित पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई निरन्तरता दिनका लागि स्थानीय तहको निर्वाचनमा गठबन्धनले जित्नु आवश्यक रहेको बताएका हुन।
पवित्र उद्देश्यले संयुक्त अभियान अगाडि बढाएको भन्दै उनले गठबन्धन दललाई केही न केही फाइदा भएको बताए। उनले भने, 'अहिले पनि कतिपय ठाउँमा मिलेको छैन। म गठबन्धनका नेताहरुलाई भन्न चाहन्छु, नमिलेका ठाउँमा मिलाउनुहोस्, सहमति गर्नुपर्ने ठाउँमा गर्नुहोस्।'
दलहरुबीचको एकताबाटै राजसंस्था फाल्न सफल भएको भन्दै उनले संविधान र गणतन्त्र जोगाउन पनि पाँच दलीय गठबन्धनमा एकता आवश्यक भएको बताए। उनले भने,'दुई पटकसम्म संसद् विघटन गर्दा प्रतिपक्षी भएर नउभिएको भए देश समाप्त भइसक्थ्यो।' प्रतिगमनकारी कदमको हामीले विरोध नगरेको भए देश अवनतिको बाटोमा जान सक्ने नेपालले बताए। दक्षिणपन्थी गठबन्धनलाई मद्दत पुग्ने र लोकतान्त्रिक गठबन्धनलाई आघात पुग्ने गरी नलाग्न उनले आग्रह गरे।
भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार रेनु दाहाललाई पुष्पकमल दाहाल प्रचण्डको छोरीको रुपमा मात्र बुझ्न नहुने उनको भनाइ छ। उनले भने, 'रेनुलाई पुष्पकमल दाहालको छोरीका रुपमा मात्रै हेर्नुहुन्न, कोही योग्य छन् भने आफ्नो योग्यताका आधारमा आउने हुन्। बाबुको आधारमा होइन। कोही योग्य छ भने छोरी भनेर छेक्नु पनि हुँदैन।'
-1739010447.jpg)



-1739010447.jpg)






