नेपाली जनताको आशाको केन्द्र एमाले हो : अध्यक्ष ओली
कैलाली, बैशाख २२ : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गरेका छन।कैलालीको बर्दगोरियामा...
कैलाली, बैशाख २२ : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गरेका छन।
कैलालीको बर्दगोरियामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गरे।
विकास र समृद्धिका कुरामा बढी समय खर्चिएका ओलीले कैलालीका १३ स्थानीय तहमा एमालेले विजय प्राप्त गर्नेमा ढुक्क भएको बताए। आफूहरू प्रति विभिन्न कोणबाट आक्रमण भइरहेको तर त्यस्ता आक्रमणको विद्रोह भइरहेका कारण देशमा अबको आवश्यकता एमाले भएको प्रस्ट भइसकेको ओलीले दाबी गरे।
प्रकाशित मिति: १८:०५ बजे, बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1739010447.jpg)



-1739010447.jpg)






