Kathmandu Press

मतपत्र छाप्ने काम सम्पन्न, वैशाख २३ भित्र सबै जिल्लामा पुर्‍याइन्छ : आयोग

काठमाडाैं, वैशाख २२ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतपत्र छाप्ने काम सम्पन्न भएको जनाएको छ।बिहीबार आयोजित नियमित...
मतपत्र छाप्ने काम सम्पन्न, वैशाख २३ भित्र सबै जिल्लामा पुर्‍याइन्छ : आयोग

काठमाडाैं, वैशाख २२ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतपत्र छाप्ने काम सम्पन्न भएको जनाएको छ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि सबै मतपत्र छाप्ने काम सकिएको र वैशाख २३ गते भित्र सबै जिल्लामा मतपत्र पुर्‍याइसक्ने जानकारी दिए।

त्यस्तै आयोगले निर्वाचनका लागि खटाइएका कर्मचारीले काम गर्न इन्कार गरेमा कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न आयोगले भनेको छ।

त्यस्तै उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने प्रवक्ता पौडेलले बताए।

उनले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र निर्वाचन पर्यवेक्षण समितिका अध्यक्षलगायत हालसम्म ३७ व्यक्ति तथा राजनीतिक दललाई स्पष्टीकरण सोधेको जानकारी दिए।

प्रवक्ता पौडेलले यस पटक मतदाता शिक्षालाई प्रभावकारी बनाइएको भन्दै मत बदर हुने संख्या निकै घट्ने विश्वास व्यक्त गरे। 

प्रकाशित मिति: १७:३१ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्