Kathmandu Press

सुर्खेतका पाँच स्वतन्त्र उम्मेदवारले गरे कांग्रेसलाई समर्थन

सुर्खेत, वैशाख २२ : सुर्खेतको भेरीगङ्गा नगरपालिकामा पाँच जना स्वतन्त्र उम्मेदवारले कांग्रेस पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्। उनीहरुले आज एक प्रेस विज्ञप्ति जारी गर्दै...
सुर्खेतका पाँच स्वतन्त्र उम्मेदवारले गरे कांग्रेसलाई समर्थन

सुर्खेत, वैशाख २२ : सुर्खेतको भेरीगङ्गा नगरपालिकामा पाँच जना स्वतन्त्र उम्मेदवारले कांग्रेस पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्। 

उनीहरुले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जनाएका हुन्।

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत सुर्खेतको भेरीगङ्गा नगरपालिकामा पाँच स्वतन्त्र उम्मेदवारले नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गरेका हुन्। भेरीगङ्गा नगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका मानबहादुर बुढा मगरले बिहीबार विज्ञप्ति जारी गर्दै आफूले कांग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने बताए।

त्यस्तै कांग्रेसका उम्मेदवारलाई समर्थन गर्दै भेरीगङ्गा नगरपालिका–५ का वडाध्यक्ष पदका उम्मेदवार ढालबहादुर बराल, महिला सदस्य पदका उम्मेदवार कमला पुन मगर, सदस्य पदका उम्मेदवार मनबहादुर पुनमगर र टोपबहादुर आलेले विज्ञप्ति जारी गरेका छन्। 

आयोगले तोकेको समयमा आफ्नो उम्मेदवारी फिर्ता नभए पनि कांग्रेसका उम्मेदवारलाई आफ्नो समर्थन रहेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन्। 

प्रकाशित मिति: १७:३० बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्