ओली महागफाडी हुन्, बयलगाडा दार्शनिक हुन् : नेपाल
चितवन, वैशाख २२ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओली महागफाडी भएको बताएका छन्।चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले आज...
चितवन, वैशाख २२ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओली महागफाडी भएको बताएका छन्।
चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले आज (बिहीबार) आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले ओली बयलगाडा दर्शनका प्रवर्तक रहेकाले उनको धेरै व्याख्या गर्नु जरुरी नरहेको पनि बताए।
‘ओली बयलगाडा दार्शनिक हुन्, महागफाडी हुन्। उनले गफमा विद्यावारिधि गरेका छन्। झुटको पुलिन्दा छर्छन्ु । झुटोलाई साँचोजस्तै बनाउन सक्छन्। होस् गर्नुस् नत्र पछुताउनुपर्ला,’ नेपालले भने।
त्यसैगरी उनले भरतपुर महानगर मेयर उम्मेदवार रेणु दाहाललाई पुष्पकमल दाहाल ‘प्रचण्ड’को छोरीका रुपमा मात्र हेर्न नहुने बताए। ‘रेनुलाई पुष्पकमल दाहालको छोरीका रूपमा मात्रै हेर्नुहुन्न,’ उनले भने, ‘योग्यहरू बाबुका आधारमा होइन, आफैं अगाडि बढ्न सक्छन्।’
उनले विकासप्रेमी मेयर भन्दै रेनु दाहालको प्रसंसा पनि गरे। ‘रेनु दाहाल विकास प्रेमी मेयर भएकोका कुनै शंका छैन,’ उनले भने। रेनुको भाषणले आफू दंगदास भएको समेत उनको भनाइ थियो। ‘मैले कल्पना नै गरेका थिइनँ, बधाई छ रेनु दाहाललाई,’ उनले भने।
उनले पवित्र उद्देश्यले अहिलेको गठबन्धन बनेको र कतै नमिलेको कुरा भए मिलाउनुपर्नेमा जोड दिए। ‘हामीले पवित्र उद्देश्यले संयुक्त अभियान अगाडि बढाउँदा सबै दललाई केही न केही फाइदा भएको छ,’ उनले भने, ‘अहिले पनि कतिपय ठाउँमा मिलेका छैनन्। म गठबन्धनका नेताहरुलाई भन्न चाहन्छु, नमिलेका ठाउँमा मिलाउनुहोस्, सहमति गर्नुपर्ने ठाउँमा गर्नुहोस्।’
-1739010447.jpg)



-1739010447.jpg)






