Kathmandu Press

भरतपुरमा जिताउनुभयो भने १०/२० वर्ष गठबन्धन कायम हुन्छ : प्रचण्ड

भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसअघिको निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रलाई भोट हाल्न असजिलो मानेका कारण बाम गठबन्धन बनाउन तर्फ लागेको प्रष्ट पारे।
भरतपुरमा जिताउनुभयो भने १०/२० वर्ष गठबन्धन कायम हुन्छ : प्रचण्ड

काठमाडौं, वैशाख २२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा गठबन्धनका उम्मेदवारहरुले जितेको अवस्थामा गठबन्धन लामो समयसम्म कायम रहिरहने बताएका छन् ।

भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसअघिको निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रलाई भोट हाल्न असजिलो मानेका कारण बाम गठबन्धन बनाउन तर्फ लागेको प्रष्ट पारे। अहिले पनि रुखवालाहरुले हसियाँहथौडामा भोट हाल्दिनँ भनेमा देश दुर्घटनामा जान सक्ने बताए । 

‘यो राष्ट्रको आवश्यकता हो, जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यक हो भनेर चितवनबासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो म उत्साहित हुनेछ र यो गठबन्धनलाई १०(१५(२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ’ प्रचण्डले भने ।

चुनावी सभामा बोल्ने क्रममा चितवन जिल्लाका कांग्रेस नेताहरुले प्रचण्डले यसअघि पनि गठबन्धन गरेर रेणुलाई जिताएको र जितेपछि एमालेसँग मिल्न गएको बताउँदै यसपटक त्यस्तो नहुने प्रतिवद्धता गर्न माग गरेका थिए। 

प्रकाशित मिति: १६:४७ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्