कांग्रेसको प्रतिस्पर्धा प्रचण्डसँग नभएर ओली प्रवृत्तिसँग : पाैडेल
काठमाडाैं, वैशाख २२ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादी केन्द्र र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नभएर नेकपा एमाले, केपी...
काठमाडाैं, वैशाख २२ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादी केन्द्र र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नभएर नेकपा एमाले, केपी ओली र ओलीमा देखिएको प्रवृत्तिसँग भएको बताएका छन्।
सत्तारूढ गठबन्धनले आज (बिहीबार) चितवनको भरतपुरमा आयोजित आम सभालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो प्रतिस्पर्धा माओवादीसँग होइन, प्रचण्डसँग होइन। हाम्रो प्रतिस्पर्धा त नेकपा एमाले अध्यक्ष केपी ओलीसँग हो। उनमा देखिएको केपी ओली प्रवृत्तिसँग हाम्रो प्रतिस्पर्धा हो।’
उनले प्रदेश र प्रतिनिधिसभा चुनावसम्मै यो गठबन्धन कायम रहने बताए। देशलाई गठबन्धन आवश्यक रहेको बताउँदै उनले केपी ओली निरकुंशतातर्फ अघि बढेकै कारण आफूहरू गठबन्धन बनाउनतिर लागेको स्पष्ट पारे। पौडेलले भोलिको दिनमा पनि मिलेर सरकार बनाउनुपर्ने भएकाले गठबन्धन कायम रहने उनको भनाइ थियो।
ओलीको निरंकुशता सर्वसत्तावादतर्फ उन्मुख हुँदै गएपछि आफूले नै गठबन्धनको कुरा गरेको तर आफूमाथि सभापति शेरबहादुर देउवाको लाइनमा गएको भनेर आरोप लागेकाे उनले बताए। त्यो कुराे सत्य नभएको पनि उनले बताए।
पौडेलले चितवनका बागी उम्मेदवार जगन्नाथ पौडेलले धैर्य गुमाएको पनि उनले बताए। ‘जगन्नाथजीलाई भेटेर जुन कुरा राख्न खोजे पनि उहाँमा सुन्न सक्ने धैर्य नभएपछि छोटो कुरा गरेर फर्किनुभयो,’ उनले भने।
-1739010447.jpg)




-1739010447.jpg)





