Kathmandu Press

कास्टिङ भ्याइसकेका छौं, फिल्म मात्रै देखाउन बाँकी हो : रेणु दाहाल 

उनले समग्र भरतपुरको विकासको खाका कोरिसकिएको र त्यसलाई पूर्णता दिन आफूले पुनः उम्मेदवारी दिएको बताइन् ।
कास्टिङ भ्याइसकेका छौं, फिल्म मात्रै देखाउन बाँकी हो : रेणु दाहाल 

काठमाडौं, वैशाख २२ : भरतपुर महानगरपालिकाको मेयरका लागि गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले भरतपुरको विकासमा कास्टिङ सकिएर फिल्म मात्र देखाउन बाँकी रहेको बताएकी छन् । 

गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै दाहालले मेयरका रुपमा पाँच वर्षको अवधिमा भरतपुरलाई गर्व गर्न सक्ने ठाउँमा पु¥याएको बताएकी छन् । उनले अघिल्लो पाँच वर्षे कार्यकालका लागि पनि गठबन्धनबाटै निर्वाचित भएको बताउँदै निर्वाचित भएपछि गठबन्धनको मात्र नभई सम्पूर्ण भरतपुरवासीका लागि काम गरेको बताइन्। 

महानगरको विकासका लागि गौरवका आयोजनालाई गुरुयोजना बनाएर अगाडि बढेको र गुरुयोजनाकै आधारमा पूर्वाधार विकास गरिएको उनले बताइन् । पाँच वर्षको अवधिमा ६२२ किलोमिटर सडक कालोपत्रे गरिएको, ८८ किलोमिटरको रिङरोडको ४४ किलोमिटर खण्डको निर्माण सम्पन्न भएको उनले बताइन्। 

महानगरभित्र ठूलाठूला खानेपानी आयोजना निर्माणका लागि ४ अर्ब बजेट खर्चेर आयोजना अगाडि बढाइएको बताइन् । उनले भरतपुरलाई उज्यालो सहर र स्मार्ट सिटी बनाउन ८० किलोमिटर सडकमा सडकबत्ती राखिएको बताइन्, सबै सडकमा सडकबत्ती राख्ने  प्रतिवद्धता पनि व्यक्त गरेकी छन् । 

दाहालले शिक्षा, पर्यटन, स्वास्थ्य, कृषी क्षेत्रलाई प्राथमिकतामा दिएर विभिन्न योजनाहरु सञ्चालन गरिएको र त्यसबाट महानगरवासीहरु लाभान्वित भएको बताइन् ।  समग्र बजेटको १५ प्रतिशत बजेट शिक्षाको क्षेत्रमा लगानी गरिएको र ६९२ विपन्न परिवारका विद्यार्थीलाई  ३ हजार छात्रवृत्ति दिएको बताइन् । 

उनले समग्र भरतपुरको विकासको खाका कोरिसकिएको र त्यसलाई पूर्णता दिन आफूले पुनः उम्मेदवारी दिएको बताइन् । ‘कास्टिङ देखाइसकेका छौं , गौरवका आयोजनालाई पूर्णता दिएर फिल्म देखाउन सक्छौं,’ उनले भनिन् ।

प्रकाशित मिति: १५:०९ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्