Kathmandu Press

प्रचण्डसँग श्रेष्ठको आग्रह– रेणुलाई जिताउन तयार छाैं तर कांग्रेसलाई विगतमा जस्तो धोका नदिनुस्

चितवन, वैशाख २२ : नेपाली कांग्रेस चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठले गठबन्धनका उम्मेदवारलाई भरतपुर कांग्रेसले एकढिक्का भएर लाग्ने विश्वास दिलाउँदैै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
प्रचण्डसँग श्रेष्ठको आग्रह– रेणुलाई जिताउन तयार छाैं तर कांग्रेसलाई विगतमा जस्तो धोका नदिनुस्

चितवन, वैशाख २२ : नेपाली कांग्रेस चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठले गठबन्धनका उम्मेदवारलाई भरतपुर कांग्रेसले एकढिक्का भएर लाग्ने विश्वास दिलाउँदैै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विगतमा जस्तो धोका नदिन अनुरोध गरेका छन्।

सत्तारूढ गठबन्धनले आज (बिहीबार) चितवनको भरतपुरमा आयोजित आम सभालाई सम्बोधन गर्दै उनले कांग्रेस सभापति सोझोपनको फाइदा उठाएर ढाँटछल नगर्न प्रचण्ड सुझाएका हुन्।

'भरतपुरमा रेणु दाहाल लगायत सिंगो गठबन्धन टिमलाई जिताउन कांग्रेस तयार छ,' उनले भने, 'तर विगतमा जस्तो धाेका नहाेस्।'  उनले विगतमा स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र प्रचण्डका बीचमा भएको विस्तृत शान्ति सम्झौताको स्मरण पनि गरे।

‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम धोका दिने काम नहोस्,’ उनले भने। पाँच वर्षअघि प्रचण्डले कांग्रेससँग गरेको प्रतिबद्धता तीन महिनापछि टुटेको स्मरण पनि उनले गराए।

उनले पार्टीले निर्णय गर्नुअघिसम्म आफूहरुमा केही गुनासा र असन्तुष्टि रहेको उल्लेख गर्दै उनले पार्टीले निर्णय गरेपछि एकढिक्का भएर लाग्नुकाे विकल्प नरहेकाे उनको भनाइ थियो।

उनले भरतपुर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पाैडेललाई पनि पार्टी निर्णय स्वीकार गर्न पनि अनुरोध गरे।  

केपी ओलीले दुई तिहाइ मत पाउँदा पनि पार्टी र सरकार दुवै चलाउन नसकेकाले सूर्यमा भोट माग्ने अधिकार गुमाएको उल्लेख गरे।

 

प्रकाशित मिति: १४:३२ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्