Kathmandu Press

राप्रपा नेपालका कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले गरे पार्टी परित्याग

काठमाडाैं, वैशाख २२ : राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले पार्टी परित्याग गरेका छन्। गुरुङले आज (बिहीबार) पार्टीको साधारण सदस्यसमेत नरहने गरी कोषाध्यक्षबाट राजीनामा गरेका...
राप्रपा नेपालका कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले गरे पार्टी परित्याग

काठमाडाैं, वैशाख २२ : राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले पार्टी परित्याग गरेका छन्। 

गुरुङले आज (बिहीबार) पार्टीको साधारण सदस्यसमेत नरहने गरी कोषाध्यक्षबाट राजीनामा गरेका छन्। उनले राजीनामापत्रमा आफ्नो कुनै नेतासँग पनि गुनासो नरहेको स्पष्ट पारेका छन्।

गुरूङले २०३८ सालदेखि नै थापालाई साथ दिँदै आएका थिए। नयाँ पार्टीलाई दरिलो बनाउने दौरानमा रहेका थापालाई गुरुङले पार्टी परित्याग गर्दा ठुलो झट्का लागेको छ।

पाँच दिनअघि राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेल, केन्द्रीय सदस्यहरू उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि पार्टीबाट राजीनामा दिएका थिए। 

प्रकाशित मिति: १४:३८ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्