जे बोल्छौं त्यही पूरा गर्छौं, जे गर्छौं त्यही भन्छौं : रेणु दाहाल
उनले विगतका कार्यकालका लागि जनतामाझ गरिएका प्रतिवद्धता र घोषणापत्रमा उल्लेख भएका योजनाहरुलाई क्रमशः कार्यान्वयन हुँदै गएको पनि बताएकी छन् ।
काठमाडौं, वैशाख २२ : भरतपुर महानगरपालिकाको मेयरका लागि गठबन्धन दलकी साझा उम्मेदवार रेणु दाहालले जनतामाझ प्रतिवद्धता गरेका कुराहरुलाई पूरा गरेरै देखाउने बताएकी छन् ।
भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले ठूलाठूला आश्वासन दिएर काम नगर्ने प्रवृत्ती आफूमा नरहेको बताएकी हुन् । उनले विगतका कार्यकालका लागि जनतामाझ गरिएका प्रतिवद्धता र घोषणापत्रमा उल्लेख भएका योजनाहरुलाई क्रमशः कार्यान्वयन हुँदै गएको पनि बताएकी छन् ।
‘हामी जे बोल्छौं त्यही पूरा गर्छौँ, जे गर्छौँ त्यही भन्छौं,’ दाहालले भनिन्,‘ अनावश्यक रुपमा जनतालाई आश्वासनका ठूलाठूला पोकाहरु आफूले केही नगर्ने परिपाटी विगतमा पनि देखाइएको छैन भन्ने ठानेको छु, जे बोलेका छौं त्यही पूरा गरेको छौं।’
उनले विगत पाँच वर्षको कार्यकालमा भएका कमिकमजोरीलाई दोहोरिन नदिन आफू सचेत रहेको पनि बताएकी छन् । दोस्रो कार्यकालमा महानगरभित्रका राजनीतिक दल र नेतासँगै विज्ञहरुसँग समेत छलफल गरी प्राप्त रायसुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।
-1739010447.jpg)




-1739010447.jpg)





