आइजिपी बढुवा प्रकरण : इजलासमा बहस सकियो, आदेश आजै आउने
काठमाडाैं, वैशाख २२ : नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको बहस सकिएको छ।बुधबार न्यायाधीश शुष्मालता माथेमाको इजलासमा सुरु भएको बहस आज...
काठमाडाैं, वैशाख २२ : नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको बहस सकिएको छ।
बुधबार न्यायाधीश शुष्मालता माथेमाको इजलासमा सुरु भएको बहस आज (बिहीबार) रिट निवेदकसमेत रहेका एआइजी विश्वराज पोखरेलले बोलेसँगै सकिएको हो।
बहस सकिएलगत्तै आदेश तयार गर्ने काम भइरहेको र आजै आदेश आउने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।
सरकारले तेस्रो वरीयताका एआइजी धीरजप्रताप सिंहलाई आइजिपी बनाएपछि असन्तुष्ट बनेका पहिलो वरीयतामाका एआइजी विश्वराज पोखरेल सर्वोच्च अदालतलाई गुहार्न पुगेका थिए।
आफू योग्य भए पनि प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत सरकारले जुनियरलाई आइजिपीमा बढुवा गरेको र सो निर्णय उल्ट्याई आफूलाई आइजिपी बनाउन परमादेश माग गर्दै एआइजी पोखरेलले रिट दायर गरेका थिए।
बुधबार सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि बिहीबार (आज) का लागि सो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। आजको इजलासमा पोखरेलका तर्फबाट अधिवक्ताहरू सानुराजा पोखरेल, ललित बस्नेत, माधव बस्नेत, सुनील पोखरेल र रमेश बडालले बहस गरेका थिए। रिट निवेदक एआइजी पोखरेलले पनि इजलासमा बोलेका थिए।
बुधबारको इजलासमा एआइजी पोखरेलका तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए। त्यस्तै आइजिपी सिंहका तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए।
यस्तै बुधबार इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए ।
-1739010447.jpg)




-1739010447.jpg)





