Kathmandu Press

जुनियरलाई आइजिपी बनाउनु मेराे मृत्युभन्दा पनि दुःखद : एआइजी पोखरेल

काठमाडाैं, वैशाख २२ : एआइजी विश्वराज पोखरेलले सरकारले सिनियरलाई छुटाएर जुनियरलाई आइजीमा नियुक्ति गर्नु आफ्नाे मृत्युभन्दा पनि दुःखद भएको बताएका छन्।सर्वाेच्च अदालतका न्यायाधीश सुष्मालता...
जुनियरलाई आइजिपी बनाउनु मेराे मृत्युभन्दा पनि दुःखद : एआइजी पोखरेल

काठमाडाैं, वैशाख २२ : एआइजी विश्वराज पोखरेलले सरकारले सिनियरलाई छुटाएर जुनियरलाई आइजीमा नियुक्ति गर्नु आफ्नाे मृत्युभन्दा पनि दुःखद भएको बताएका छन्।

सर्वाेच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज (बिहीबार) एआइजी पोखरेलले आफू सरकारद्वारा आइजिपीमा नियुक्त धिरजप्रताप सिंहभन्दा आफू डेढ वर्ष सिनियर भएको बताएका छन्।

‘म डेढ वर्ष सिनियर एआइजी हुँ। सिनियरलाई छुटाएर अरुलाई नियुक्ति गर्नु भनेको चाहिँ मृत्युभन्दा दुःखद हो,’ इजलासमा उनले भने।

सरकारको जुनियरलाई आइजी बनाउने सरकारको निर्णयले प्रहरी संगठनलाई गम्भीर क्षति पुगेको जिकिर पनि उनले गरे। संगठन प्रमुख हुन्छु भनेर आउनेको आकांक्षा जतिबेला पनि निमोठिन सक्ने उदाहरणका रूपमा यो घटनालाई लिन सकिने उनको भनाइ थियो।

आफू एआइजी हुँदा धीरजप्रताप सिंहलाई फुली लगाइदिएको र अहिले जुनियरलाई आइजिपी मान्न नसकिने भनाइ पनि उनले इजलासमा राखेका थिए। एआइजी पोखरेलले सरकारको निर्णय उल्ट्याएर आफूलाई आइजिपी नियुक्त गरिनुपर्ने माग पनि इजलासमा राखेका छन्।

इजलासमा उनी बोलेसँगै बहस सकिएको छ भने आजै आदेश आउने जनाइएको छ।

सरकारले आइतबार तेस्रो वरीयतामा रहेका एआइजिपी धीरजप्रताप सिंहलाई आइजिपीमा बढुवा गरेको भोलिपल्ट सोमबार वरिष्ठता मिचेर आफूभन्दा जुनियरलाई बढुवा गर्ने सरकारको निर्णय खारेज हुनुपर्ने परमादेश माग गर्दै एआइजिपी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।

सो रिटमाथि बुधबार सुनुवाइ सुरु भएको थियो। बुधबार बहस नसकिएपछि सो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। 

प्रकाशित मिति: १३:२० बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्