भरतपुरमा जगन्नाथले भेटे रामचन्द्र पौडेललाई, उम्मेदवारी फिर्ता नलिने अडान
भेटमा रामचन्द्र पौडेलले जगन्नाथलाई उम्मे्दवारी फिर्ता लिएर पार्टीलाई सघाउन आग्रह गरेका थिए । तर उनले उम्मेदवारी फिर्ता नगर्ने अडान लिएकाे बताइएकाे छ।
काठमाडौं, वैशाख २२ : भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेसका जगन्नाथ पौडेलले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनी बसेको भरतपुरको एक होटलमा पुगेका हुन् । भेटमा रामचन्द्र पौडेलले जगन्नाथलाई उम्मे्दवारी फिर्ता लिएर पार्टीलाई सघाउन आग्रह गरेका थिए । तर उनले उम्मेदवारी फिर्ता नगर्ने अडान लिएकाे बताइएकाे छ।
‘उहाँले आफ्नो कुरा गर्नुभयो, हामीले धेरै अगाडि बढेको, उत्साहजनक अवस्था रहेकाले कसैलाई पनि समर्थन गर्न नसकिने बतायौं,’ पौडेलले भने, ‘हामी कांग्रेस बचाउन रूख बचाउन लागेको हो, बरू तपाईंहरू किन यसमा लाग्नुभएन भनेर प्रश्न गर्यौं।’
वरिष्ठ नेता पौडेलले बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठलाई भेटेर उम्मेदवारी फिर्ताबारे छलफल गरेका थिए।










-1739010447.jpg)
