Kathmandu Press

अध्यक्षका उम्मेदवारलाई एक लाख रुपैयाँको माला

अध्यक्षका उम्मेदवारलाई एक लाख रुपैयाँको माला

हुम्ला, वैशाख २२ : हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष उम्मेदवार लालकेश जैशीलाई एक लाखको माला लगाइएको छ।

उनलाई अध्यक्षका अर्का उम्मेदवार अकवीर खड्काले एक लाख रुपैयाँको नोटको माला लगाएका हुन्। खड्का माओवादीमा विद्रोह गर्दै बागी उम्मेदवार बनेका थिए।

स्वतन्त्र उम्मेदवार खड्काले माओवादी उम्मेदवार जैशीलाई समर्थन गर्दै माला लगाएको बताए। चुनाव खर्चका लागि जुटाएको एक लाख रुपैयाँ जैशीलाई नै दिएको खड्काले जानकारी दिए।

उनले भने, ‘टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको थिएँ, तर अहिले जनताले उम्मेदवारी फिर्ता लिन भनेकाले आफ्नो उम्मेदवारी निस्कृय गरेर मेरो चुनाव चिह्न गुलाफको फूल र चुनाव खर्च जैशीलाई हस्तान्तरण गरेको हुँ।’

निर्वाचन आयोगले खड्कालाई गुलाफको फूल चुनाव चिह्न दिएको थियो। स्वतन्त्र उम्मेदवारी दिएपछि साथीभाइले चुनाव खर्चका लागि दिएको रकम पनि जैशीलाई हस्तान्तरण गरेको उनले बताए।
ताँजाकोट गाउँपालिकामा माओवादीबाट जैशी र नेकपा (एमाले) बाट अजमल बुढा अध्यक्षको उम्मेदावर छन्।

प्रकाशित मिति: ०८:५२ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्