सुक्खा पहिरोमा परी दुई बालकको मृत्यु
जुम्ला : तिला गाउँपालिकामा सुक्खा पहिरोमा परी दुई बालकको मृत्यु भएको छ।बुधवार तिला– २ लिहीका रणबहादुर बोहोराको घरको जग लगाउँदै गर्दा खसेको सुक्खा पहिरोमा परी...
जुम्ला : तिला गाउँपालिकामा सुक्खा पहिरोमा परी दुई बालकको मृत्यु भएको छ।
बुधवार तिला– २ लिहीका रणबहादुर बोहोराको घरको जग लगाउँदै गर्दा खसेको सुक्खा पहिरोमा परी दुई बालकको मृत्यु भएको हो।
नजिकै खेलिरहेका तीन वर्षीय शिशिर बोहोरा र हिमिश रावलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए।
पहिरोमा परी घाइते भएकी रणबहादुरकी पत्नीलक्ष्मीको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको प्रहरीले जनाएको छ।
मृतक शिशिर रणबहादुरका छोरा हुन्। हिमिश उनका नातेदारका छोरा हुन्। उनी घर बनाउने ठाउँमा साथीसँग खेल्न गएका थिए। (रासस)
प्रकाशित मिति: ०७:०८ बजे, बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1739010447.jpg)
