Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्रीसँग मागियो २४ घन्टे स्पष्टीकरण

काठमाडौं, वैशाख २२ : निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टसँग २४ घन्टे स्पष्टीकरण मागेको छ।निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले...
सुदूरपश्चिमका मुख्यमन्त्रीसँग मागियो २४ घन्टे स्पष्टीकरण

काठमाडौं, वैशाख २२ : निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टसँग २४ घन्टे स्पष्टीकरण मागेको छ।

निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण मागेको हो। मुख्यमन्त्री भट्टलाई पत्र पठाई स्पष्टीकरण मागिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

यसैगरी आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेलसँग पनि स्पष्टीकरण मागेको छ। निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएकाले स्पष्टीकरण मागिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: ०६:२८ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्