Kathmandu Press

चितवनमा निजी गाडीमा देखिए प्रधानमन्त्री देउवा 

काठमाडौं, वैशाख २१ : प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन् । नेपाली कांग्रेसका सभापति देउवा पार्टीको कामका लागि आएका...
चितवनमा निजी गाडीमा देखिए प्रधानमन्त्री देउवा 

काठमाडौं, वैशाख २१ : प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन् । नेपाली कांग्रेसका सभापति देउवा पार्टीको कामका लागि आएका भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन् । 

प्रधानमन्त्री देउवा चितवन पुग्नुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो । कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा ३ च २०४० नंको ल्याण्डक्रुजर गाडीमा देउवा होटल पुगेका हुन् । 

श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापतिसमेत रहेका देउवा झण्डाबिना आफ्नो गाडीमा सवार भएको बताए  उनले भने , “यहाँ रहँदा सभापतिज्यू निजी गाडीमा हिँडडुल गर्नुहुन्छ ।” 

पार्टी सभापति देउवा आज विराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट त्यसतर्फ पुगेका हुन् । उनको सचिवालयका अनुसार अनुसार सो जहाज नेपाली कांग्रेसले भाडामा निर्वाचन आयोगसँग अनुमति लिएर पार्टीले भाडामा जहाजमा विराटनगर पुर्‍याएको हो ।

प्रकाशित मिति: २०:३५ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्