स्थानीय निर्वाचनमा मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राखिने

काठमाडौं, वैशाख २१ : सरकारले यही वैशाख ३० गते (शुक्रवार) हुने पालिका चुनावमा सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राख्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले सबै मतदान केन्द्रमा खोप केन्द्र राखेर कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिईन् ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता मिश्राले मतदान केन्द्रसँगै खोप केन्द्र पनि रहने भएकोले बुस्टर डोज नलगाएको भएमा मतदान गर्न जाँदा खोप कार्ड पनि लिएर जान आग्रह गरे ।
प्रकाशित मिति: २०:२४ बजे, बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1739010447.jpg)
