Kathmandu Press

सुख्खा पहिरोमा परी जुम्लामा दुई बालकको मृत्यु 

सुख्खा पहिरोमा परी जुम्लामा दुई बालकको मृत्यु 

काठमाडौं,  वैशाख २१ : जुम्लामा सुख्खा पहिरोमा परी दुई बालकको मृत्यु भएको छ ।

तीला गाउँपालिका –२ को डण्डेलीमा नयाँ घर निमार्णका लागि खनेको जगमाथिबाट सुख्खा पहिरो खसेको हो ।

पहिलोमा परी वर्ष ३ का शिशिर बोहोरा र ३ वर्षकै हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय जुम्लाले जनाएको छ ।

पहिरोमा परी रण बहादुर बोहोराकी श्रीमती लक्ष्मी बोहोरा घाइते भएकी छन् । 

प्रकाशित मिति: १९:३३ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्