भारतसँगकाे नाका ७२ घण्टा बन्द गरिने

काठमाडाैं, बैशाख २१ : स्थानीय तह निर्वाचनमा भारतसँगकाे सीमा नाका ७२ घण्टा बन्द गरिने भएकाे छ।
चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र भारत बिहार प्रदेशअन्तरगत पर्ने पश्चिम चम्पारनका सुरक्षा अधिकारीहरुको सुनवलमा आज बसेको बैठकले सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय गरेको हो।
वैशाख २७ गते बेलुकी ७ बजेदेखि वैशाख ३० गते बेलुकी ७ बजेसम्म सीमा नाका बन्द गरिने भएकाे छ।
निर्वाचनका समयमा सीमा क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र त्यसले निर्वाचनलाई बिथोल्न सक्ने भएकाले त्यसको नियन्त्रणका लागि सीमा क्षेत्रमा गस्ती बढाएर निगरानी गर्ने निर्णय भएको छ।
प्रकाशित मिति: १९:३२ बजे, बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1739010447.jpg)
