Kathmandu Press

विश्व बैंकले थप १५ करोड अमेरिकी डलर नेपाललाई दिने  

विश्व बैंकले थप १५ करोड अमेरिकी डलर नेपाललाई दिने  

काठमाडौं, वैशाख २१ : विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर दिने भएको छ । 

नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले सो रकम ऋण सहायता स्वरुप नेपाललाई उपलब्ध गराउने सम्झौता भएको हो। 

बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच अर्थसचिव मधु कुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सो सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

सम्झौता पत्रमा कोभिड १९ महामारीको परिप्रेक्ष्यमा वित्तीय स्थायित्वका जोखिमहरूलाई सम्बोधन गर्न बैंकिङ क्षेत्रहरुको परिस्थिति पर्यवेक्षणलाई यो सहायताले सघाउने उल्लेख गरिएको छ। 

निजी क्षेत्रको नेतृत्वमा हुन सक्ने वृद्धिलाई सहयोग पुर्‍याउने गरी वित्तीय क्षेत्रको कार्यशैली सुधार गर्न पनि यो ऋण सहायता उपयोगी हुने अर्थ मन्त्रालयले जनाएको छ।
 

प्रकाशित मिति: १९:२५ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्