Kathmandu Press

काेराेनाविरूद्धकाे खाेप लगाउन छुटेकालाई मतदानस्थलमै खाेप लगाउने व्यवस्था

काठमाडाैं, बैशाख २१ : सरकारले काेराेना भाइरसविरूद्धकाे खोप लगाउन छुटेका सबैलाई अनिवार्य रुपमा खोप लगाउन अनुरोध गरेको छ। आगामी ३० वैशाखमा हुने स्थानीय...
काेराेनाविरूद्धकाे खाेप लगाउन छुटेकालाई मतदानस्थलमै खाेप लगाउने व्यवस्था

काठमाडाैं, बैशाख २१ : सरकारले काेराेना भाइरसविरूद्धकाे खोप लगाउन छुटेका सबैलाई अनिवार्य रुपमा खोप लगाउन अनुरोध गरेको छ। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मतदानस्थलमै खाेप लगाउने व्यवस्था मिलाइ पहिलो, पूर्ण मात्रा र बुस्टर डोजखाेप लगाउन छुटकाहरूलाई सरकराले सुविधा दिएकाे हाे।

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राअनुसार १८ वर्षभन्दा माथिका व्यक्तिका लागि मतदानस्थलमै खोप लगाउने सुविधा मिलाइएको छ। बुस्टर डोज नलगाएकाहरुले चुनावमा सहभागी हुँदा अनिवार्य रुपमा खोप कार्ड लिएर जान उनले आग्रह गरिन्।

‘यदि कुनै कारणवस, पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुट्नु भएको छ भने मत हालेपछि खोप लगाउन सक्नुहुन्छ। मतदान स्थलमा खोप दिने व्यवस्थाको तयारी थालेको छौ। त्यसैले खोप छुटेका व्यक्तिले त्यसदिन मतदाता परिचयपत्रसंगै खोप कार्ड समेत लिएर जानुहोला,’ डा. मिश्राले भनिन्।

कोभिड संक्रमण कम हुँदै जाँदा पछिल्लो समय कोरोनाविरुद्ध खोप लगाउनेको संख्यामा समेत कमि आएको छ। हाल दैनिक २० हजारको हाराहारीमा खोप लगाउने गरेका छन्।

स्वास्थ्य सेवा विभागका अनुसार केन्द्र तथा प्रदेशका भण्डारण केन्द्रमा एक करोडभन्दा बढी डोज खोप मौज्दात छन्। स्रोतका अनुसार केही महिनामाभित्रै लाखौं डोज खोपको म्याद सकिन लागेकाले सरकारले निर्वाचन लक्षित गरेर खोप दिन लागेको हो।

प्रकाशित मिति: १८:४५ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्