विराटनगरबाट देउवाले भने- कांग्रेसले धाेका दिँदैन भन्न सन्देश दिनतिर लाग्नुस्
काठमाडौं, वैशाख २१ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्तरिक असन्तुष्टि बिर्सेर पनि गठबन्धनलाई जिताउन आग्रह गरेका छन्। मोरङको विराटनगरमा आज (बुधबार)...
काठमाडौं, वैशाख २१ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्तरिक असन्तुष्टि बिर्सेर पनि गठबन्धनलाई जिताउन आग्रह गरेका छन्।
मोरङको विराटनगरमा आज (बुधबार) आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धनप्रति चित्त नबुझे पनि मुलुकको विकास र लोकतन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन्।
‘विराटनगर महान् नेताहरूको भूमि हो, त्यसकारण चित्त बुझे पनि नबुझे पनि गठबन्धनलाई जिताउनुहोला,’ देउवाले भने। उनले गठबन्धनमा आँच आउने गरी कुनै काम नगर्न नेताकार्यकर्तालाई उनले निर्देशन दिए।
राष्ट्रिय आवश्यकताअनुसार कांग्रेसको गठबन्धन बनेकाले धोक दिन नहुने उनको भनाइ थियो। ‘राष्ट्रिय आवश्यकताअनुसार बनेको गठबन्धन हो,’ उनले भने, ‘कांग्रेसले बरु धोका खान्छ तर धोका दिँदैन भन्ने सन्देश दिनुस्।’
देउवाले स्थानीयदेखि राष्ट्रिय निर्वाचनसम्मै गठबन्धनले जित्नुपर्नेमा पनि जोड दिए। देउवाले वृद्ध भत्ता ६५ वर्षमै दिने व्यस्था गर्ने बताउँदै घातक राेग लागेकालाई ५ हजार निर्वाह भत्ता दिन थालिएकाे बताए।
देउवाले विराटनगर महानगर मेयर उम्मेदवार नागेश कोइरालालाई विगतमा अन्याय भए पनि अहिले न्याय भएको बताए।
सोही सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको स्पष्ट पारे। एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले देशमा अस्थिरता ल्याएकाले त्यसलाई सच्याएर मुलुकलाई अघि बढाउन गठबन्धन आवश्यक भएको उनको भनाइ थियो।
नेता डा. शेखर कोइरालाले एमाले नेतृत्वको सरकारले जनतालाई दुःख दिने, संविधान मास्ने काम गरेको हुँदा गठबन्धनका उम्मेदवारलाई विजयी बनाएर लोकतन्त्रको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए। स्थानीय तहको निर्वाचन नतिजाले संघ र प्रदेश निर्वाचनलाई समेत संकेत गर्ने उनले भनाइ थियो।
महामन्त्री विश्वप्रकाश शर्माले गाउँ–नगर कस्तो बनाउने भन्ने जनताको हक भएकाले त्यसका लागि निर्वाचन अवसर भएको उल्लेख गरे। कांग्रेसले कमजोर भएर नभई संविधानलाई ठीक ठाउँमा ल्याउन तालमेल गरेको बताए।
चुनावी सभालाई नेताहरू महेश आचार्य, मीनेन्द्र रिजाल, सहमहामन्त्री डिना उपाध्यायलगायत नेताले सम्बोधन गरेका थिए।
‘पहिले पनि मेयर बनाउन सकिन । प्रदेशको एमपी दिन पनि सकिएन । त्यही भएर नागेशजी मसँग रिसाएर चुर थिए । अहिले त खुसी भए होलान् । काम गर्ने मान्छे हुन् नागेशलाई जिताउनुहोला । उपमेयरमा जसपाको छातामा पनि भोट हालेर जिताइदिनुहोला’, देउवाले भने ।










-1739010447.jpg)
