आइजिपी बढुवाविरुद्धको मुद्दा 'हेर्दाहेर्दै'मा
काठमाडौं, वैशाख २१ : आइजिपी बढुवाविरुद्धको मुद्दा 'हेर्दाहेर्दै'मा राखिएको छ।सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा आज (बुधबार) बहस नसकिएपछि सो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।सरकारले...
काठमाडौं, वैशाख २१ : आइजिपी बढुवाविरुद्धको मुद्दा 'हेर्दाहेर्दै'मा राखिएको छ।
सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा आज (बुधबार) बहस नसकिएपछि सो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
सरकारले आइतबार तस्रो वरीयतामा रहेका एआइजिपी धीरजप्रताप सिंहलाई आइजिपीमा बढुवा गरेको भोलिपल्ट सोमबार एआइजिपी विश्वराज पोखरेलले वरिष्ठता मिचेर आफूभन्दा जुनियरलाई बढुवा गर्ने सरकारको निर्णय खारेज हुनुपर्ने परमादेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
सो रिटउपर पोखरेलका तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए।
त्यस्तै सिंहका तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए।
प्रकाशित मिति: १७:०२ बजे, बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1739010447.jpg)
