चुनावको मुखमा अन्तरिम आदेश दिएर प्रहरी संगठनलाई शून्य नबनाऔं : महान्यायाधिवक्ता खाती
काठमाडौं, वैशाख २१ : महान्यायाधिवक्ता खम्मबहादुर खातीले आइजिपी बढुवाविरुद्ध परेको रिटमा अन्तरिम आदेश नदिन माग गरेका छन्।एआइजिपी विश्वराज पोखरेलले दायर गरेको रिटमाथि न्यायाधीश सुष्मालता...
काठमाडौं, वैशाख २१ : महान्यायाधिवक्ता खम्मबहादुर खातीले आइजिपी बढुवाविरुद्ध परेको रिटमा अन्तरिम आदेश नदिन माग गरेका छन्।
एआइजिपी विश्वराज पोखरेलले दायर गरेको रिटमाथि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज (बुधबार) भइरहेको सुनुवाइमा बहस गर्दै महान्यायाधिवक्ता खातीले निवेदकको पक्षमा अन्तरिम आदेश दिएर चुनावको मुखमा प्रहरीलाई नेतृत्वविहीन बनाउन नहुने तर्क गरे। ‘श्रीमान् ! वैशाख ३० गते चुनाव छ। चुनावको मुखमा अन्तरिम आदेश दिएर प्रहरी संगठनलाई शून्य नबनाऔं,’ उनले भने।
प्रहरी सेवामा प्रवेश गरेदेखि आफ्नो ब्याचमा हालका आइजिपी धीरजप्रताप सिंह एसपीसम्म वरीयतामा अघि रहेको र एसपीबाट बढुवा हुने क्रममा पछि पारिएको खातीको भनाइ थियो।
सुनुवाइ सुरु हुनुअघि नै बढुवा भएका आइजिपी सिंह पक्षले हस्तक्षेप बहस गर्ने निर्णय गरेको थियो। आइजिपी नियुक्ति प्रकरणमा महान्यायाधिवक्ता खम्म खातीले निवेदन दिएर बहस गरेका हुन्। खातीसहित सरकार पक्षका सात वकिलले बहसका लागि नाम लेखाएका छन्।
दूरगामी महत्त्वको रिटको पहिलो सुनुवाइमै सरिक भएर बहस गर्न पाउने अभ्यास यो मुद्दामा पनि हुने भएको छ।










-1739010447.jpg)
