Kathmandu Press

जिम्बावे ’ए’विरुद्ध नेपालकाे सहज जित

जिम्बावे ’ए’विरुद्ध नेपालकाे सहज जित

काठमाडाैं, वैशाख २१ : नेपालले पाहुना टोली जिम्बावे ’ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-२० मा सहज जित निकालेको छ।

टियु क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बावेलाई ८ विकेटले हराएको हो। जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ। पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो।

दोस्रो टी–ट्वान्टी भने वर्षाले रद्द भएको थियो। जिम्बावेले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा आसिफ शेखले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ खेले। यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा बसिर अहमेदले १० रन जोडे।

जिम्बावेका लुक जोग्वे र ब्राण्डन माभुताले १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो। जिम्बावेका लागि रोय कियाले सर्वाधिक ४९ रन बनाए।

मारुमानीले २७ रन जोड्दा लुक जोग्वेले अविजित २३ रन बनाए। इनोसेन्ट कियाले १४ रन जोडे। नेपालका कप्तान सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र बसिर अहमेदले १/१ विकेट लिए।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो। अब नेपालले पाहुना टोलीसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ।

प्रकाशित मिति: १६:२६ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्